काठमाडौं । यो साता सुनको भाउ तोलामा ९०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतवार तोलामा १ लाख ११ हजार ६०० रुपैयाँ रहेको सुनको भाउ शुक्रवारसम्म आइपुग्दा १ लाख १२ हजार ५०० रुपैयाँ कायम भएको छ ।
यो साता समग्रमा सुनको भाउ बढे पनि उतारचढाव भने रह्यो । सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमवार सुनको भाउ स्थिर रह्यो । मंगलवार भने सुनको मूल्य तोलामा ९०० रुपैयाँ बढेर १ लाख १२ हजार ५०० रुपैयाँ कायम भयो । सुनको भाउ बढ्ने क्रम बुधवार पनि जारी रह्यो । उक्त दिन सुनको मूल्य तोलामा २०० रुपैयाँ बढ्दा १ लाख १२ हजार ७०० रुपैयाँ तोकियो । बिहीवार भने सुनको मूल्यमा हजार रुपैयाँले गिरावट आयो । उक्त दिन सुन तोलाको १ लाख ११ हजार ७०० रुपैयाँ तोकियो । शुक्रवार भने सुनको मूल्य तोलामा ८०० रुपैयाँ बढेर १ लाख १२ हजार ५०० रुपैयाँ कायम
भयो । आज (शनिवार) शुक्रवारकै मूल्यमा सुनको कारोबार भइरहेको छ । सुनचाँदी व्यवसायी महासंघले शनिवार सुनको नयाँ मूल्य तोक्ने गरेको छैन ।