काठमाडौं । रुस्लान भोड्काले उत्पादनको ५० औं वर्ष पार गरेको छ । रुस्लान सन् १९७३ मा स्थापना भएको हो ।
उत्पादनको ५ दशकको अवसरमा अब रुस्लान भोड्का नयाँ आकर्षक बोत्तलमा देखिनेछ । हालै सार्वजनिक गरिएको नयाँ बोतल आकर्षक र पारदर्शी बनोटमा छ । यसबाट बोत्तलमा रहेको भोड्काको शुद्धता स्पष्टसँग बाहिरबाटै अनुभव गर्न सकिने कम्पनीको भनाइ छ ।
रुस्लानले उपभोक्ताको सन्तुष्टिलाई निरन्तर पहिलो प्राथमिकता दिँदै आएको कम्पनीले जनाएको छ । ग्राहकको चाहनालाई मध्यनजर गर्दै सिर्जनशीलता र नयाँपन ब्रान्डका लागि विभिन्न समयमा परिष्कृतरूपमा उत्पादन एवं बोटलिङ गर्दै आएको कम्पनीको भनाइ छ ।
आगामी दिनमा पनि ग्राहकको चाहनालाई उच्च स्थान दिने प्रतिबद्धता कम्पनीले व्यक्त गरेको छ । हाल सार्वजनिक गरिएको बोत्तल यसैको निरन्तरताको स्वरूप उत्कृष्ट र आकर्षक बोतल बजारमा ल्याएको कम्पनीको भनाइ छ ।
रुस्लान भोड्का पारखीहरूको पहिलो रोजाइ र छनोट रहँदै आएको कम्पनीको भनाइ छ । रुस्लान भोड्का ७५० मिली, ३७५ मिली र १८० मिलीको प्रिमियम बोत्तलमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।