ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

ग्रीन टायरको उत्पादन ‘डेल्टा’ ब्रान्डको टायर

२०८० जेठ, ३०  
बजार विविध
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं  । नेपाली टायर उत्पादक कम्पनी ग्रीन टायरले टीभीएस एन्टर्क स्कुटरका लागि ‘डेल्टा’ ब्रान्डको टायर उत्पादन शुरू गरेको छ ।

१००–८०–१२ ड्यास र ११०–८०–१२ ड्यास साइजको सो टायर उच्च गुणस्तरीय र किफायती भएको कम्पनीको दाबी छ । प्राविधिक रूपमा नेपाली सडक सुहाउँदो तरीकाले डिजाइन गरिएको सो टायर सुक्खा र चिसो सडकका साथै अफरोडमा समेत सहजै प्रयोग गर्न सकिने बताइएको छ ।

रोलिङ प्रतिरोधी क्षमता घटाइएका कारण सो टायरले इन्धन खपतमा कमी ल्याउन पनि सहयोग गर्ने कम्पनीको भनाइ छ । कम्पनीका प्रबन्धक विकास सिंघानियाले नेपाली बजारमा टीभीएस एन्टर्क स्कुटरका प्रयोगकर्ता बढ्दै गएकाले सो स्कुटरको टायर उत्पादनमा कम्पनीले विशेष ध्यान केन्द्रित गरेको बताए । हाल कम्पनीले प्रतिवर्ष २ लाख ५० हजार थान टायर उत्पादन गरिरहेको बताइएको छ । कम्पनीमा १२० जना कामदार कार्यरत छन् ।
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)