ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

अमेरिकी डलरको मूल्य घट्दा युरोको बढ्यो, कस्तो छ अन्य मुद्राको विनिमय दर ?

२०८० जेठ, ३०  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । नेपाल राष्ट्र बैंक (Nepal Rastra Bank)ले मंगलवार अमेरिकी डलर (Dollar)को विनिमय दर  (Exchange Rate) घटाएको छ ।

राष्ट्र बैंक (NRB)का अनुसार आज १ अमेरिकी डलरको खरीद दर १३१ रुपैयाँ ६० पैसा र विक्री दर १३२ रुपैयाँ २० पैसा तोकेको छ । अघिल्लो दिन १ अमेरिकी डलरको खरीद दर १३१ रुपैयाँ ६५ पैसा र विक्री दर १३२ रुपैयाँ २५ पैसा कायम भएको थियो ।

आज युरो (Euro)को भाउ भने बढेको छ । आज प्रतियुरोको भाउ खरीद दर १४१ रुपैयाँ ७७ पैसा र विक्री दर १४२ रुपैयाँ ४१ पैसा कायम भएको छ । अघिल्लो दिन युरोको खरीद दर १४१ रुपैयाँ ५१ पैसा र विक्री दर १४२ रुपैयाँ १६ पैसामा कारोबार भएको थियो ।

त्यसैगरि, आज चिनियाँ युआन  (Chinese Yuan)को भाउ भने घटेको छ । आज १ चिनियाँ युआनको खरीद दर १८ रुपैयाँ ४३ पैसा र विक्री दर १८ रुपैयाँ ५१ पैसा कायम भएको छ । अघिल्लो दिन १ चिनियाँ युआनको खरीद दर १८ रुपैयाँ ४७ पैसा र विक्री दर १८ रुपैयाँ ५५ पैसा कायम भएको थियो ।

कस्तो छ अन्य मुद्राको विनिमय दर ?

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)