काठमाडौं । गत मंगलवार कीर्तिमान नजिक पुगेको सुनको भाउ बुधवार (आज) घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ९०० रुपैयाँ घटेर १ लाख ११ हजार ८०० रुपैयाँ कायम भएको छ ।
गत मंगलवार सुन तोलाको १ लाख १२ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । यो रकम सुनमा कायम भएको सर्वाधिक दोस्रो बढी हो । यसअघि यही जेठ २४ गते पनि उक्त मूल्यमा सुनको कारोबार भएको थियो ।
सुनको अहिलेसम्मकै कीर्तिमानी मूल्य भने तोलाको १ लाख १३ हजार ३०० रुपैयाँ छ । उक्त कीर्तिमान यही जेठ १९ गते कायम भएको थियो ।