काठमाडौं । पछिल्लो दुई दिनमा सुनको भाउ तोलामा १७ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत बुधवार तोलामा ९०० रुपैयाँ घटेको सुनको भाउ बिहीवार (आज) ८०० रुपैयाँले घटेको हो ।
आज सुनको भाउ तोलाको १ लाख ११ हजार रुपैयाँ पुगेको छ । गत बुधवार भने सुन तोलाको १ लाख ११ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । गत मंगलवार भने सुनको मूल्य १ लाख १२ हजार ७०० रुपैयाँ तोकिएको थियो ।
सुनसँगै चादीको भाउ पनि घटेको छ । पछिल्लो दुई दिनमा चाँदीको भाउ तोलामा ४५ रुपैयाँ घटिसकेको छ । आज चाँदीको मूल्य तोलाको १ हजार ४०५ रुपैयाँ रहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।