ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

अमेरिकी डलर र युरोको मूल्य बढ्यो, कस्तो छ अन्य मुद्राको विनिमय दर ?

२०८० असार, १  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । नेपाल राष्ट्र बैंक (Nepal Rastra Bank)ले शुक्रवार अमेरिकी डलर (Dollar)को विनिमय दर (Exchange Rate) बढाएको छ । राष्ट्र बैंक (NRB)का अनुसार आज १ अमेरिकी डलरको खरीद दर १३१ रुपैयाँ १९ पैसा र विक्री दर १३१ रुपैयाँ ७९ पैसा तोकेको छ । अघिल्लो दिन १ अमेरिकी डलरको खरीद दर १३१ रुपैयाँ ०६ पैसा र विक्री दर १३२ रुपैयाँ ६६ पैसा कायम भएको थियो ।

आज युरो (Euro)को भाउ पनि बढेको छ । आज प्रतियुरोको खरीद दर १४२ रुपैयाँ ०२ पैसा र विक्री दर १४२ रुपैयाँ ६७ पैसा कायम भएको छ । अघिल्लो दिन युरोको खरीद दर १४१ रुपैयाँ ६२ पैसा र विक्री दर १४२ रुपैयाँ २७ पैसामा कारोबार भएको थियो ।

त्यसैगरी, आज चिनियाँ युआन  (Chinese Yuan )को भाउ पनि बढेको छ । आज १ चिनियाँ युआनको खरीद दर १८ रुपैयाँ ३२ पैसा र विक्री दर १८ रुपैयाँ ४० पैसा कायम भएको छ । अघिल्लो दिन १ चिनियाँ युआनको खरीद दर १८ रुपैयाँ ३१ पैसा र विक्री दर १८ रुपैयाँ ४० पैसा कायम भएको थियो ।

कस्तो छ अन्य मुद्राको विनिमय दर ?

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)