काठमाडौं । विभिन्न पेशा व्यवसायमा पहिचान बनाएका सात नेपाली यूवा ‘दादासाहेब फाल्के टेलिभिजन अवार्ड २०२३’ बाट भारतमा सम्मानित भएका छन् ।
भारतको मुम्बईमा फिल्मोरा मिडियाद्वारा गत जुन ११ मा आयोजित अवार्ड सेरोमनीमा उनीहरूलाई उक्त अवार्ड प्रदान गरिएको हो ।
अवार्डबाट पत्रकार सरोज ओझा, गायक विनोद ढकाल, कलाकार नितु कोइराला, स्रष्टा राजेन्द्रप्रसाद ओझा, व्युटिसियन सुशीला थापा, अभियानकर्मी कृष्णप्रसाद देवकोटा र इभेन्ट निर्देशक अमित साह सम्मानित भएका हुन् ।
अवार्डको आगामी संस्करण नेपालमा आयोजना गर्न सकिनेबारे विमर्शमा रहेको पत्रकार ओझाले जानकारी दिए ।