ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

अमेरिकी डलरको विनिमय दर स्थिर, युरो र चिनियाँ युआनको घट्यो 

२०८० असार, ४  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । नेपाल राष्ट्र बैंक (Nepal Rastra Bank)ले मंगलवार अमेरिकी डलर (Dollar)को विनिमय दर (Exchange Rate) स्थिर राखेको छ ।

राष्ट्र बैंक (NRB)का अनुसार आज १ अमेरिकी डलरको खरीद दर १३० रुपैयाँ ८० पैसा र विक्री दर १३१ रुपैयाँ ४० पैसा तोकिएको छ । अघिल्लो दिन १ अमेरिकी डलरको खरीद दर र विक्री दर आजकै समान थियो ।

आज युरो (Euro)को भाउ भने घटेको छ । आज प्रतियुरोको भाउ खरीद दर १४३ रुपैयाँ ०३ पैसा र विक्री दर १४३ रुपैयाँ ६९ पैसा कायम भएको छ । अघिल्लो दिन युरोको खरीद दर १४३ रुपैयाँ १९ पैसा र विक्री दर १४३ रुपैयाँ ८४ पैसामा कारोबार भएको थियो ।

त्यसैगरी, आज चिनियाँ युआन (Chinese Yuan)को भाउ पनि घटेको छ । आज १ चिनियाँ युआनको खरीद दर १८ रुपैयाँ ३५ पैसा र विक्री दर १८ रुपैयाँ ४४ पैसा कायम भएको छ । अघिल्लो दिन १ चिनियाँ युआनको खरीद दर १८ रुपैयाँ ३९ पैसा र विक्री दर १८ रुपैयाँ ४८ पैसा कायम भएको थियो ।

यस्तो छ अन्य मुद्राको विनिमय दर 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)