काठमाडौ । पछिल्लो दुई दिनमा सुनको मूल्य १ हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासघंका अनुसार बुधवार (आज) सुनको मूल्य प्रतितोला १ लाख ११ हजार रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन सुन प्रतितोला १ लाख ११ हजार ८०० रुपैयाँ कारोबार भएको थियो । मंगलवार भने सुन ताेलामा २०० रुपैयाँ घटेको थियो ।
आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलाको ४५ रुपैयाँले घटेर १ हजार ३८५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदी तोलाको १ हजार ४३० रुपैयाँमा कारोबार भएको थियो ।
अन्तरराष्ट्रिय बजारमा भने आज सुनको मूल्य प्रतिऔंस १ हजार ९३५ डलर पुगेको छ ।