ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

हाम्रो बहुउद्देश्यीय सहकारीका सदस्यहरूको बीमा सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले गर्ने

२०८० असार, ६  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेड र हाम्रो बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडबीच सहकारी संस्थाको लघुवित्त कार्यक्रममा आबद्ध ग्राहक सदस्यहरूको म्यादी जीवन बीमाका लागि सम्झौता भएको छ ।

लाईफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डे र सहकारी संस्थाका अध्यक्ष बालकृष्ण पाण्डेयले उक्त सम्झौतामा हस्ताक्षर गरे । 

बीमा सम्झौता कार्यक्रममा सहकारी संस्थाका आईटी सल्लाहकार दीपेन्द्र पौडेलको समेत उपस्थिति थियो । 

उक्त अवसरमा अध्यक्ष पाण्डेयले आगामी दिनमा सहकारी संस्थामा आवद्ध सम्पूर्ण सदस्यहरूको समेत बीमा गरिने र आवश्यकता अनुसार अन्य योजनाहरूमा पनि सहकार्य गरिने जानकारी दिए । 

रूपन्देहीको बुटवलमा मुख्य कार्यालय रहेको प्रादेशिक स्तरको यस सहकारी संस्थाले विपन्न वर्गका ग्राहक सदस्यहरूमा उद्यमशीलता विकास गर्न लघुवित्त कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)