ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

महोत्तरीको औरहीमा समृद्धि फाइनान्सको शाखा 

२०८० असार, ७  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । समृद्धि फाइनान्सको दशौं शाखा महोत्तरीको  औरहीमा सञ्चालनमा आएको छ । शाखाको बुधवार औरही नगरपालिकाका मेयर प्रदीपकुमार खड्का र कम्पनीका सञ्चालक दुर्गा थापाले संयुक्त रूपमा उद्घाटन गरेका हुन् ।

कार्यक्रममा संस्थाका सञ्चालक थापाले ग्राहकको आवश्यकता बमोजिम संस्थाले आफ्ना सेवालाई परिमार्जन गर्दै गुणस्तरीय बनाउने प्रतिबद्धता व्यक्त गरिन् । संस्थाका नायब प्रमुख कार्यकारी अधिकृत गोकर्णप्रसाद दुवाडीले संस्थाले उपलब्ध गराउने सेवा सुविधाबारे जानकारी दिएका थिए ।

यसै हप्ता थप दुई शाखा उद्घाटन गर्ने योजना रहेको संस्थाले जानकारी दिएको छ । संस्थाले आइपीएस, कनेक्ट आइपीएस, रेमिट्यान्स, एसएमएस अलर्ट, क्लियरिङ लगायत सेवा सञ्चालन गर्दै आएको बताएको छ । निक्षेपमा आकर्षक ब्याजदरसहित संस्थाले हायर पर्चेज कर्जा, घर कर्जा, विपन्न वर्ग कर्जा, व्यवसाय कर्जा, व्यक्तिगत कर्जा लगायत कर्जा प्रवाह गरिरहेको संस्थाको भनाइ छ ।
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)