ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सन्राइज बैंकले गर्‍यो ‘प्याड एटीएम’ सहयोग 

२०८० असार, ७  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । सन्राइज बैंकले महिला स्वास्थ्य र सशक्तीकरणका लागि विद्यालयमा अध्ययनरत छात्रा तथा कार्यरत महिलालाई लक्षित गरी अटोमेटेड प्याड भेण्डिङ मेसिन ‘प्याड एटीएम’ प्रदान गरेको छ ।

हाल विद्यालयमा व्यवस्थित शौचालय र स्यानिटरी प्याडको व्यवस्था नहुँदा समस्या देखिएको भन्दै बैंकले प्याड एटीएम प्रदान गरेको हो । एउटा सिक्का हाल्दा एउटा प्याड आउने ब्याट्री व्याकअपसहितको उक्त मेशिनले आवश्यक पर्दा सजिलै प्याड लिन सकिने वातावरणको सृजना हुने बैंकको अपेक्षा छ । काठमाडौंको लैनचौरस्थित शान्ति विद्यागृह माध्यमिक विद्यालय र ललितपुर एकान्तकुनास्थित महेन्द्र भृकुटी माध्यमिक विद्यालयमा उक्त मेशिन हस्तान्तरण गरिएको बैंकले जानकारी दिएको छ ।

यसैगरी मोलुङ, किन्जा, डुम्रे, देउराली, बागलुङ, वालिङ, कावासोती, बर्दिवास, तेह्रथुम, वीरेन्द्रनगर लगायत ठाउँमा पनि उक्त मेशिन सहयोग गरिएको बताइएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)