काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघको उद्योग समितिको उपसभापतिमा नानीराज घिमिरेलाई मनोनीत गरेका छन् ।
उद्योग समिति महासंघका कार्यकारिणी समिति सदस्य राजेशकुमार अग्रवालको सभापतित्वमा गठन गरिएको थियो । उद्योग समितिलाई पूर्णता दिन गरिएको एक कार्यक्रममा ढकालले घिमिरेलाई मनोनयनपत्र हस्तान्तरण गरे । महासंघलाई सशक्त रूपमा अगाडि बढाउन समितिले महत्वपूर्ण योगदान पुर्याउनेमा महासंघ विश्वस्त रहेको उनले बताए ।