काठमाडौं । नमस्ते पेले नयाँ तथा विद्यमान दुवै ग्राहकका लागि क्यासब्याकसहित विभिन्न अफर शुरू गरेको छ । अफरअन्तर्गत बम्पर अफरको रूपमा दुई भाग्यशाली विजेताले ल्यापटप र स्कुटर जित्ने बताइएको छ ।
यो अफरका लागि योग्य हुन प्रयोगकर्ताले कुनै पनि सेवाको न्यूनतम दुई कारोबार पूरा गर्नुपर्ने प्रावधान राखिएको छ । त्यस्तै साप्ताहिक अफर स्मार्टवाच, ट्राभल प्याकेज र उडान टिकटमा शतप्रतिशत क्यासब्याकका लागि योग्य हुन प्रयोगकर्ताले कम्तीमा एक हप्ताको अवधिमा एउटा कारोबार गर्न आवश्यक रहेको बताइएको छ ।