ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नयाँ अल्टिमा डाइनामाइट पोर्टेबल बास–बुस्ट स्पिकर बजारमा, १ रुपैयाँमै प्रि-बुकिङ 

२०८० असार, ७  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । अल्टिमा लाइफस्टाइलले नयाँ अल्टिमा डाइनामाइट पोर्टेबल बास–बुस्ट स्पिकर नेपाली बजारमा ल्याएको छ । 

गीत सुन्ने सामान्य अनुभवलाई अझै परिस्कृत बनाउने परिकल्पनाका साथ अल्टिमाले नेपाली बजारमा उक्त स्पिकर सार्वजनिक गरेको हो । यो स्पिकर उच्च गुणस्तरको रहेको कम्पनीको भनाइ छ । 

यो स्पिकरको मूल्य २ हजार ५९९ रुपैयाँ तोकिएको छ । तर, विशेष अफरअन्तर्गत पहिलो १०० ग्राहकहरूले १ हजार ९९९ रुपैयाँमै अनलाइन सपिङ स्टोर दराजबाट आज यो स्पिकर खरीद गर्न पाउने कम्पनीले जनाएको छ । 

खल्तीका प्रयोगकर्ताहरूले १ रुपैयाँमा यो स्पिकरको प्रि–बुकिङ गर्न पाउने र प्रि–बुकिङ गरेका ग्राहकले पनि १ हजार ९९९ रुपैयाँमा स्पीकर पाउने कम्पनीले जनाएको छ । प्रि–बुकिङ बिहीवार (आज)देखि शनिवारसम्म चल्नेछ । 

शनिवारपछि यो स्पिकर सबै अनलाइन र अफलाइन माध्यमहरूमा उपलब्ध हुने कम्पनीले जनाएको छ । 

यो स्पिकरमा १८०० MAH Li-Polymer ब्याट्री छ । यसका कारण स्पिकरले ११ घण्टासम्म राम्रो प्लेब्याक प्रदान गर्ने कम्पनीको भनाइ छ । 

यस स्पिकरमा रहेको IPX6ले पानी र झट्का प्रतिरोध गर्ने कम्पनीले जनाएको छ । यहीकारण यो स्पिकर साथीहरूसँग पिकनिक, पैदल यात्रा, क्याम्पिङ वा कुनै पनि प्रकारको इनडोर र आउटडोर गतिविधिहरूका लागि उपयोगी हुने कम्पनीको भनाइ छ । 

यो स्पिकरमा नयाँ–पुस्ताको ब्लुटुथ V5.0 प्रविधि र AUX/micro SD कम्प्याटिबिलिटी प्रविधि जडान गरिएको छ ।  

यो कम्प्याक्ट डिजाइनको स्पिकर भएकोले यसलाई सजिलै झोलामा झुण्डाएर वा खल्तीभित्र हालेर बोक्न सकिने कम्पनीले जनाएको छ ।  

अल्टिमाका संस्थापक अमित अग्रवाल भन्छन्, ‘अडियो क्षेत्रमा एक उदीयमान ब्रान्डको रूपमा यो स्पिकरले हाम्रो नवीनताप्रतिको प्रतिवद्धता प्रस्ट दर्शाउनेमा विश्वस्त छौं ।’

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)