ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

समृद्धि फाइनान्सको एघारौं शाखा सिरहाको कसहामा

२०८० असार, ८  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । समृद्धि फाइनान्स कम्पनीले सिरहाको धनगढीमाई नगरपालिका–८ स्थित कसहा बजारमा आफ्नो एघारौं शाखा विस्तार गरेको छ । बिहीवार एक कार्यक्रमका बीच धनगढीमाई नगरपालिकाका नगरप्रमुख शिवशंकर महतो र संस्थाका सञ्चालक दुर्गा थापाले संयुक्त रूपमा शाखाको उद्घाटन गरेका हुन् । 

कार्यक्रममा नगरप्रमुख महतोले नगरपालिकाको विकासशील बजारको रूपमा रहेको कसहा बजारमा कुनै पनि बैंकको सुविधा नरहेको अवस्थामा भएको शाखा विस्तारले नागरिकलाई बैंकिङ कारोबारमा सहज हुने बताए । संस्थाका नायब प्रमुख कार्यकारी अधिकृत गोकर्णप्रसाद दुवाडीले संस्थाको परिचयसहित संस्थाले उपलब्ध गराउने सेवा सुविधाको बारे जानकारी दिएका थिए । संस्थाका सञ्चालक थापाले स्थानीयकोे आवश्यकताअनुसार संस्थाले आफ्ना सेवालाई परिमार्जन गर्दै गुणस्तरीय बनाउने प्रतिबद्धता व्यक्त गरिन् । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)