काठमाडौं । नबिल बैंकले नयाँ अनलाइन बैंकिङ सेवा एनबैंक वेबको सेवा शुरू गरेको छ । ग्राहकले यो सेवा अन्तर्गत डेस्कटप, ट्याबलेट वा ल्यापटपको प्रयोग गरी प्रतिदिन २० लाख र प्रतिमहीना ५० लाख रुपैयाँसम्मको अनलाइन बैंकिङ सेवाबाट रकम पठाउन सक्ने भएका हुन् ।
एनबैंक वेबको सहयोगले प्रयोगकर्तामैत्री बैंकिङ सेवा विस्तार हुनुका साथै पहुँचयोग्य र सुरक्षित सेवा प्रदानमा सहयोग पुग्ने बैंकको विश्वास छ । एनबैंक वेबमार्फत ग्राहकले खाता खोल्ने, रकम पठाउने, बिल भुक्तानी, कार्ड विवरण हेर्न, मुद्दती निक्षेप खोल्ने र मुद्दती निक्षेपविरुद्ध ऋण लिने जस्ता वित्तीय गतिविधि गर्न सकिने बताइएको छ ।