काठमाडौं । एनआईसी एशिया बैंकले विदेशबाट आएको रेमिट्यान्स रकम बैंकको मोबाइल बैंकिङ एपमार्फत सहजै प्राप्त गर्न सकिने सेवाको शुरुआत गरेको छ । बैंकको मोबाइल बैंकिङ सेवा लिएका ग्राहकले रेमिट्यान्स रकम सीधै बैंक खातामा डिपोजिट गर्न सक्ने बताइएको छ ।
यस सेवाबाट रेमिट्यान्स रकम बुझ्न एनआईसी एशिया मोबैंकभित्रको रेमिट्यान्स आइकनमा ट्याप गरेर रिसिभ रेमिटभित्र आफूलाई प्राप्त रकम र युनिक पिन राखेपश्चात् उक्त रकम जुनसुकै समयमा खातामा स्थानान्तरण हुने बताइएको छ । यस सेवाबाट ग्राहकले रेमिट्यान्स रकम बुझ्न बैंकमा उपस्थित भएर फारम भरी नगद झिक्नुपर्ने बाध्यताबाट मुक्ति मिल्ने विश्वास बैंकको छ ।