काठमाडौं । सिप्रदी तथा सिप्रदीका आधिकारिक टाटा मोटर्स शोरुममा आज (शुक्रवार)देखि ‘एक्सचेन्ज विक–एण्ड’ विशेष एक्सचेन्ज क्याम्प सञ्चालन हुने भएको छ । मंगलवारसम्म रहने विशेष एक्सचेन्ज क्याम्पमा जुनसुकै कम्पनी अथवा ब्राण्डका गाडी टाटा मोटर्सका सर्वाधिक रुचाइएका नयाँ मोडेलका नेक्सन ईभी र टिगोर ईभीसँग साट्न सकिने कम्पनीले जानकारी दिएको छ ।
क्याम्पमा इन्स्योरेन्स सुविधा, बैंकिङ सुविधाका साथै गाडी मूल्यांकन गर्न विभिन्न दक्ष मूल्यांकनकर्ताको पनि सहभागिता हुने बताइएको छ । क्याम्पमा गाडीको बजारको विशेष मूल्यांकन गरी सरल फाइनान्सको सुविधा, इन्स्योरेन्सको सुविधाका साथै हरेक गाडी हस्तान्तरणमा विभिन्न अफरसमेत रहेको कम्पनीले जानकारी दिएको छ ।