काठमाडौं । लाइफस्टाइल एसेसरिज ब्रान्डले स्पिकर वर्गअन्तर्गत ‘अल्टिमा डाइनामाइट’ बजारमा ल्याएको छ । यसले संगीत सुन्ने अनुभवलाई अझै परिस्कृत बनाउने परिकल्पना गरिएको कम्पनीले जानकारी दिएको छ । अल्टिमा डाइनामाइट स्पिकरमा रहेको १८ सय एमएएचलि–पलिमर ब्याट्रीका कारण स्पिकरले ११ घण्टासम्म राम्रो प्लेब्याक प्रदान गर्ने बताइएको छ ।
पानी र झटका प्रतिरोध गर्ने क्षमता रहेको यो स्पिकर पिकनिक, पैदल यात्रा, क्याम्पिङ वा कुनै पनि प्रकारको इनडोर र आउटडोर गतिविधि गर्न उपयोग सिद्ध हुने बताइएको छ ।
अल्टिमा डाइनामाइटको मूल्य रू. २ हजार ५९९ रहेको छ । यो स्पिकर असार ९ गतेदेखि सबै अनलाइन र अफलाइन माध्यममा उपलब्ध हुने बताइएको छ । अल्टिमाले ‘खल्ती’सँग सबै अल्टिमा उत्पादन विक्रीका लागि सहकार्य गरेको छ ।