ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

हिमालयन बैंकका ग्राहकलाई आरोगिन हेल्थ केयरमा छूट

२०८० असार, ८  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । हिमालयन बैंकका ग्राहकलाई काठमाडौंको विशालनगरस्थित आरोगिन हेल्थ केयर रिसर्च सेन्टरले छूट दिने भएको छ । बैंक र हेल्थ केयर सेन्टरबीच भएको सम्झौतामा विभिन्न सेवा–सुविधामा ५ देखि ४५ प्रतिशतसम्म छूट दिइने उल्लेख छ । 

हेल्थ केयर सेन्टरले बैंकका ग्राहकलाई कपाल रोप्ने तथा कपाल झर्न कम गर्ने उपचारमा ४५ प्रतिशतसम्म, छालाको हेरचाहमा ३० प्रतिशतसम्म र ल्याव सेवामा २५ प्रतिशतसम्म छूट दिने भएको छ । त्यस्तै दाँतको हेरचाह वा उपचारमा २० प्रतिशतसम्म, नर्सिङ केयर सेवामा १५ प्रतिशतसम्म र फिजियोथेरापीमा ५ प्रतिशतको छूट दिइने बताइएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)