काठमाडौं । पोखराको आर्चलबोट चोकमा सीजी मोटर्सले नेटाको शोरुम सञ्चालनमा ल्याएको छ । नेपालका लागि चीनका राजदुत चेन सङले एक समारोहका बीच उक्त शोरुमको उद्घाटन गरेका हुन् ।
राजदुत सङले नेपालमा डिजल तथा पेट्रोल गाडीलाई विस्थापित गर्दै सार्वजनिक यातायातमा विद्युतीय गाडी (ईभी)को फाइदा धेरै रहेको बताए । नेपालमा ग्रीन इेनर्जीको सम्भावना अध्ययन गर्न र आत्मनिर्भतातिर जान चीनले सहयोग गर्ने उनको भनाइ थियो । नेपाल सरकारसँगको सहकार्यमा प्रमुख राजमार्ग तथा ठूला शहरमा चार्जिङ स्टेशनको विकास गर्ने उनले बताए ।
सीजी मोटर्सका प्रमुख कार्यकारी अधिकृत हेमन्त अग्रवालले अब पोखरावासीले समेत सहजरूपमा नेटाभीको अनुभव गरी गाडी खरीद गर्न सक्ने बताए । नेपालमा बजारको मागअनुसार राम्रो र गुणस्तरीय गाडी विक्री वितरण गर्ने कम्पनीको योजना रहेको उनको भनाइ छ ।
ईभी ट्याक्सी र माइक्रोबस शोरुममा पाइने उनले बताए । काठमाडौं पोखरा रुटको लागि ११ देखी १९ सिटरसम्मका माइक्रोबस समेत उपलब्ध हुने बताइएको छ ।