काठमाडौं । टीभीएसले नयाँ खरीदकर्तालाई लक्षित गरी ‘नयाँ सफर बिना कर अफर’ सार्वजनिक गरेको छ । यस अफरअन्तर्गत हरेक बाइक र स्कुटरको तिर्नुपर्ने दुई वर्षको सडक कर कम्पनीले तिरिदिने बताइएको छ ।
यो अफरबाट प्रयोगकर्ता दुई वर्षको कर तिर्नुपर्ने झन्झटबाट मुक्त हुने र आर्थिक हिसाबले पनि फाइदामा पुग्ने कम्पनीको विक्रेता जगदम्बा मोटर्सको भनाइ छ ।
यसबाहेक २५ प्रतिशतको डाउन पेमेन्ट र शून्य प्रतिशत ब्याजदरमा टिभिएसका बाइक र स्कुटर खरीद गर्न सकिने बताइएको छ ।