काठमाडौं । अपाचे ओनर्स ग्रुप (एओजी)ले गत शुक्रवार मार्सल मिट र शनिवार एनिभर्सरी राइड कार्यक्रम सम्पन्न गरेको छ ।
एओजीद्वारा काठमाडौंको नक्सालमा आयोजना गरेको मार्सल मिटमा १५ जना मार्सलको सहभागिता थियो । उक्त कार्यक्रममा सबै मार्सललाई हेड मार्सल गौरवकुमार पाठकमार्फत सवारीसम्बन्धी जानकारी र सुरक्षित यात्राका लागि आवश्यक तालम प्रदान गरिएको थियो ।
एओजीले आन्तरिक पर्यटन प्रवद्र्धनको लक्ष्यका साथ ७० जना राइडरको सहभागितामा एनिभर्सरी राइड पनि सम्पन्न गरेको छ । राइड काठमाडौंको भृकुटीमन्डपस्थित नेपाल पर्यटन बोर्डबाट शुरू भएर मिनी इलाम, भोटेचौर पुगेर पुनः साँझ काठमाडौंमै फर्किएर समापन गरिएको थियो ।
एओजीले देशभरबाट ३ हजारभन्दा बढी सदस्य बनाएको जानकारी दिएको छ । एओजीले हालसम्म च्याप्टर र मार्शल राइड गरी ४२ ओटा राइड सफलतापूर्वक सञ्चालन गरेको बताइएको छ । एओजीले ७ हजार किलोमिटर लामो अन्तरराष्ट्रिय राइडसमेत सम्पन्न गरेको छ ।