काठमाडौं । ज्योति विकास बैंकले ‘हाम्रो विकास प्रवद्र्धन कोष’मार्फत रूपन्देहीको तिलोत्तमा–१०, शान्तिनगरस्थित उद्यमशील टोल विकास संस्थालाई एक थान धान रोप्ने मेसिन प्रदान गरेको छ ।
कृषि उत्पादकत्वमा अभिवृद्धि, सामूहिक कृषि प्रवद्र्धन र कृषकलाई धान रोप्नमा सहजता प्रदान गर्ने हेतुले अत्याधुनिक स्वचालित धान रोप्ने मेसिन सहयोग गरिएको बैंकले जानकारी दिएको छ ।
बैंकका बुटवल क्लस्टर कार्यालय प्रमुख कपिल न्यौपाने र बैंकका मणिग्राम शाखाका शाखा प्रबन्धक खगेन्द्र थापाले संयुक्त रूपमा संस्थाका अध्यक्ष घनसिंह पुनलाई उक्त धान रोप्ने मेसिन हस्तान्तरण गरेका हुन् ।
उक्त कार्यक्रममा लुम्बिनी प्रदेश, कृषि तथा भूमिव्यवस्था मन्त्री भण्डारीलाल अहिर, विभिन्न स्थानीय निकायका प्रतिनिधि लगायत कृषकको उपस्थिति थियो । उक्त धान रोप्ने मेसिनबाट सो संस्थामा आबद्ध करीब १०० भन्दा बढी कृषक परिवार प्रत्यक्ष रूपमा लाभान्वित हुने बताइएको छ ।