काठमाडौं । होटल काठमाडौं मेरियटले खाद्य स्वच्छता मूल्यांकनमा ‘ए’ तहको रेटिङ पाएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले होटलको अनुगमन गरेर उक्त मूल्यांकन गरेको होटलका मल्टि प्रोपर्टी डिरेक्टर वरुण कर्माले जानकारी दिए । उनले होटल स्वच्छताका विषयमा सधै संवेदनशील हुँदै आएको बताए ।
पाँचतारे ‘काठमाडौं मेरियट होटल’ २०७६ साउनदेखि औपचारिक रूपमा सञ्चालनमा आएको हो । काठमाडौं मेरियटलाई विश्वभर रहेका पर्यटकीय गन्तव्य र होटलबारे समीक्षा प्रकाशन गर्ने साइट ट्रिप एडभाइजरले सन् २०२० को ‘ट्राभलरर्स च्वाइस अवार्ड’ प्रदान गरेको थियो ।
होटलले सेवा र गुणस्तरीयताका अन्य अवार्डसमेत प्राप्त गर्दै आएको जानकारी दिएको छ ।