काठमाडौं । समृद्धि फाइनान्स कम्पनीको १३औं शाखा कपिलवस्तुको खरेन्द्रपुरमा सञ्चालनमा आएको छ । शाखाको शिवराज नगरपालिकाका मेयर अजय थापा र संस्थाका सञ्चालक विनोदकुमार सुवेदीले सोमवार संयुक्त रूपमा उद्घाटन गरेका हुन् ।
उक्त कार्यक्रममा मेयर थापाले बंैकको अत्यधिक आवश्यकता रहेको क्षेत्रमा शाखा सञ्चालनमा आउँदा स्थानीयले बैंकिङ कारोबारमा लाभ लिने अपेक्षा गरे । कार्यक्रममा नायब प्रमुख कार्यकारी अधिकृत गोकर्णप्रसाद दुवाडीले सस्थाले उपलब्ध गराउने सेवा सुविधाबारे स्पष्ट पारेका थिए । संस्थाका सञ्चालक सुवेदीले स्थानीयको आवश्यकता अनुसार आफ्ना सेवामा परिमार्जन गर्दै थप गुणस्तरीय बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।
निक्षेपमा आकर्षक ब्याजदर कायम गरेको संस्थाले हायर पर्चेज कर्जा, घर कर्जा, विपन्न वर्ग कर्जा, व्यवसाय कर्जा, व्यक्तिगत कर्जालगायत कर्जा प्रवाह गरिरहेको जानकारी दिएको छ ।