ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कामना सेवा विकास बैंकद्वारा विद्यार्थीलाई पोशाक वितरण 

२०८० असार, १२  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

चितवन । कामना विकास बैंक ज्योतिनगर शाखाले विद्यार्थीलाई पोशाक वितरण गरेको छ । भरतपुर महानगरपालिका–२६ स्थित राष्ट्रिय आधारभूत विद्यालय खद्रौलीका ८५ जना विद्यार्थीलाई विद्यालय पोशाक वितरण गरेको हो ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, बैंकका कर्मचारी, अभिभावक तथा २६ नंं वडाका प्रतिनिधिलगायतको उपस्थिति थियो ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत यसअघि पनि सामाजिक क्षेत्रमा सहयोग गर्दै आइरहेको बैंकका शाखाका प्रबन्धक ढुण्डराज पौडेलले जानकारी दिए ।

आगामी दिनमा पनि बैंकले यस्तै सामाजिक कार्यलाई निरन्तरता दिँदै जाने उनको भनाइ छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टोपबहादुर गुरुङले बैंकको यस कार्यले विद्यार्थीलाई राहत हुनुका साथै पठनपाठनमा थप मद्दत मिल्ने बताए । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)