ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

प्रहरी प्रधान कार्यालय नक्सालमा राष्ट्रिय वाणिज्य बैंकको ६४औं एक्सटेन्सन काउन्टर

२०८० असार, १२  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले प्रहरी प्रधान कार्यालय नक्साल परिसरमा ६४औं एक्सटेन्सन काउन्टरको शुभारम्भ गरेको छ । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले एक समारोहका बीच एक्सटेन्सन काउन्टरको मंगलवार उद्घाटन गरेका हुन् । 

शाखा कार्यालय नक्सालमार्फत रहने सो एक्सटेन्सन काउन्टरबाट नगद, चेक जम्मा, चेक भुक्तानी, स्टेटमेन्ट, मोबाइल बैंकिङ सेवा, एटीएम लगायत सेवा उपलब्ध गराइने बताइएको छ ।

कार्यक्रममा प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरी र बैंकबीचको लामो समयदेखिको सहकार्यको प्रशंसा गर्दै एक्सटेन्सन काउन्टरबाट प्रहरीलाई बैंकिङ सेवा लिन थप सहज हुने बताए । 

बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले सबै ग्राहकले सेवा लिन सकिने एक्सटेन्सन काउन्टरबाट धेरै प्रकारका बैंकिङ सेवा दिने भन्दै नेपाल प्रहरीसँगको सहकार्यका लागि आभार व्यक्त गरे । 
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)