ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

अल मुजैनीबाट ई–सेवा मनी ट्रान्सफरको रेमिट्यान्स सेवा 

२०८० असार, १४  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । ई–सेवा मनी ट्रान्सफर र कुवेतको अल मुजैनी एक्सचेन्जबीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ ।

यो सम्झौतासँगै कुवेतमा बसोबास तथा काम गर्दै आएका नेपालीले कुवेतमा रहेका अल मुजैनीका ११८ ओटा शाखाबाट ई–सेवा मनी ट्रान्सफरमार्फत नेपालमा जुनसुकै बैंक तथा वित्तीय संस्थाको खातामा तथा ई–सेवा वालेटमा पैसा पठाउन सक्ने बताइएको छ ।

रकम कम्पनीका भुक्तानी केन्द्र तथा क्यास प्वाइन्टबाट पनि सहजै प्राप्त गर्न सकिनेछ । पठाएको नगद सोझै इसेवा वालेटमा प्राप्त गरी अतिरिक्त रू. ७७ बोनससमेत प्राप्त गर्न सकिने कम्पनीको भनाइ छ ।

यस सम्झौताबारे बोल्ने क्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत, अजेस कोइरालाले भने, ‘कुवेत वैदेशिक रोजगारीका लागि नेपालीले रुचाएको ठाउँ भएको र यहाँ पहिलादेखि नै धेरै नेपालीको बसोवास रही आएको हुनाले यस सम्झौताले सुरक्षित र भरपर्दो माध्यमबाट नेपालमा पैसा पठाउन सहज हुने हामीलाई विश्वास छ ।’ 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)