काठमाडौं । नेपाल रेमिट इन्टरनेशनल र नबिल बैंकबीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ । सम्झौतासँगै विश्वका विभिन्न मुलुकबाट रेमिटमार्फत पठाएको बैंकको रकम सीधै बैंक रहेको खातामा सहजै प्राप्त गर्न सकिने भएको हो ।
रेमिट्यान्स भुक्तानीसम्बन्धी सम्झौतापत्रमा रेमिटका प्रमुख कार्यकारी अधिकृत सागर खनाल र बैंकका रेमिट्यान्स हेड मनिषा श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
नेपाल रेमिटले विगत १७ वर्षदेखि विश्वका विभिन्न मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै आएको छ । नेपालमा रेमिट्यान्स भित्र्याई देशको अर्थतन्त्र सुदृढीकरणमा समेत टेवा पु¥याएको रेमिटको दाबी छ ।