ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

एक्सेल डेभलपमेन्ट बैंकको सत्रौं वार्षिक साधारणसभा

२०८० असार, १७  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडको सत्रौं वार्षिक साधारणसभा शनिवार झापाको बिर्तामोडमा सम्पन्न भएको छ ।

साधारणसभाले संस्थापक समूहका शेयरधनी मध्येबाट महेन्द्रकुमार गोयल, राजन शर्मा र अमितकुमार अग्रवाललाई सञ्चालकमा निर्वाचित गरेको छ । 

बैंकको हालसम्म कर्जा लगानी करीब रू. १० अर्ब ८० करोड र निक्षेप संकलन रू. १३ अर्ब २५ करोड रहेको बताइएको छ । 

प्रादेशिक बैंकको रूपमा झापाको बिर्तामोडमा केन्द्रीय कार्यालय रहेको यस बैंकको कार्यक्षेत्र झापा, इलाम, मोरङ, पा“चथर र सुनसरीमा विभिन्न ४४ शाखा कार्यालयमार्फत बैंकिङ सेवाप्रदान गरिरहेको बताइएको छ ।

बैंकले उदयपुरको रामपुरमा शाखा खोल्ने तयारी गरेको र कोशी प्रदेशका अन्य जिल्लामा समेत शाखा विस्तार गर्दै लैजाने नीति लिएको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)