काठमाडौं । महालक्ष्मी विकास बैंकले ‘हीरा गिरी जेहेनदार छात्रवृत्ति’ उपलब्ध गराएको छ । बैंकले पर्साको वीरगञ्जस्थित त्रिभुवन हनुमान माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत जीवन राजवंशीलाई उक्त छात्रवृत्ति प्रदान गरेको हो ।
महालक्ष्मी फाइनान्सका संस्थापक अध्यक्ष स्व. हीरा गिरीको स्मृतिमा स्थापित उक्त छात्रवृत्ति कोषमार्फत राजवंशीलाई रू. ५० हजार उपलब्ध गराइएको हो ।
अध्ययनमा उत्कृष्ट तर पारिवारिक आर्थिक स्थिति कमजोर भएका विद्यार्थीको अध्यापनमा सहयोग पुर्याउने उद्देश्यले उक्त सहयोग गरिएको बैंकका सञ्चालक श्याम सुन्दर रुंगटाले जानकारी दिए ।