ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बिग मार्टमा स्मार्ट क्युआरमार्फत भुक्तानी गर्दा छूट

२०८० असार, १७  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
प्रतीकात्मक तस्वीर ।
author avatar अभियान संवाददाता

काठमाडौं । बिग मार्टको १४औं वार्षिकोत्सवको अवसरमा स्मार्ट क्यूआरले सामान खरीदको भुक्तानीमा छूट अफर सार्वजनिक गरेको छ । विद्युतीय कारोबार प्रवर्द्धन गर्ने उद्देश्यले यो अफर ल्याइएको कम्पनीको भनाइ छ ।

यस छूट अफरअन्तर्गत ग्राहकले कुनै पनि सामान खरीद गरी स्मार्ट क्युआरमार्फत भुक्तानी गर्दा १० प्रतिशत अथवा अधिकतम रू. १५० सम्म अतिरिक्त छूट पाउनेछन् । यो अफर साउन १५ सम्मका लागि रहेको बताइएको छ । यो अवधिभर हरेक ग्राहकले रू. ५०० सम्म छूट लिन सक्ने कम्पनीले जानकारी दिएको छ ।

स्मार्ट क्युआरमा आबद्ध विभिन्न बैंक तथा वित्तीय संस्थाका ग्राहकले मार्टको सम्पूर्ण शाखामा क्युआर स्क्यान गरी भुक्तानी छूट प्राप्त गर्न सक्नेछन् ।
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)