चितवन । यामाहा रेजआर १२५ मोटरसाइकलको माइलेज च्यालेन्ज प्रतियोगितामा भरतपुरकी पुष्पाञ्जली शर्मा विजेता बनेकी छन् ।
शनिवार नारायणगढको यामाहा शोरुमदेखि दासढुंगासम्म आयोजना गरिएको उक्त प्रतियोगितामा २१ प्रतिस्पर्धीलाई पछि पार्दै शर्मा विजेता बनेकी हुन् । प्रतियोगितामा अमृता तिवारी दोस्रो र रामबहादुर तामाङ तेस्रो भएका छन् ।
नवीन अटो सेन्टर, नारायणगढले प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगितामा सबैभन्दा बढी माइलेज दिने मोटरसाइकलको चालकलाई विजेता घोषणा गरिएको नवीन अटो सेन्टरका व्यापारिक प्रमुख राजु स्वर्णकारले जानकारी दिए ।
प्रतियोगितामा पहिलो हुनेको मोटरसाइकलको माइलेज ८० किलोमिटर, दोस्रोको ७४.३ किलोमिटर र तेस्रो हुनेको मोटरसाइकलको माइलेज ७४.१५ किलोमिटर प्रतिलिटर रहेको आयोजकले जानकारी दिएको छ ।
विजेतालाई प्रमाणपत्र र ट्रफी दिइएको आयोजकले जानकारी दिएको छ ।