ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

एनआईसी एशिया बैंकका ग्राहकलाई ‘लेट मि इन’मा छूट 

२०८० असार, १८  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकले काठमाडौंको नयाँ बानेश्वर र महाराजगञ्जमा सञ्चालित कोरियन स्कीन हस्पिटल ‘लेट मि इन’मा छूट पाउने भएका छन् । 

हस्पिटलका विभिन्न सेवा लिई डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छूट उपलब्ध गराउने सम्झौता भएको हो, जसअन्तर्गत सबै प्रकारका फेसियल र उपचारमा यो छूट उपलब्ध हुने बताइएको छ । सोसम्बन्धी समझदारीपत्रमा बैंकका डिजिटल पेमेन्ट इकोसिष्टम प्रमुख विमल लम्साल र हस्पिटलका निर्देशक मा दोङ सुले हस्ताक्षर गरेका छन् । 

उक्त समझदारीअनुसार बैंकमा खाता सञ्चालन गरी मोबाइल बैंकिङ, डेबिट कार्ड, क्रेडिट कार्ड वा प्लाटिनम कार्ड प्रयोग गरिरहेका ग्राहकले यो सुविधा पाउने छन् । डिजिटल च्यानलबाट हुने कारोबार बढाउँदै डिजिटल भुक्तानीलाई बढीभन्दा बढी सेवाग्राही समक्ष पु¥याउने हेतुले यो सुविधा उपलब्ध गराइएको बैंकले जानकारी दिएको छ । 


 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)