काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलका थप पाँच शाखा सञ्चालन भएका छन् । बैंकका अनुसार संखुवासभाको खाँदबारीमा, तनहुँ दमौलीमा, बर्दिया गुलरियामा, सल्यानको श्रीनगरमा र बैतडी पाटनमा नयाँ शाखा सञ्चालन भएका हुन् ।
योसँगै बैंकको शाखा संख्या १८८ पुगेको छ । प्रदेशगत रूपमा कोशीमा २७, मधेशमा २९, बागमतीमा ५०, गण्डकीमा १३, लुम्बिनीमा ५१, कर्णालीमा १० र सुदूरपश्चिममा ८ शाखा पुगेका छन् ।
आज बैंकमा अयोजित एक समारोहबीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले ग्राहकलाई उत्कृष्ट सेवा सुविधा उपलब्ध गराउन नयाँ शाखाका सम्पूर्ण कर्मचारीहरूलाई निर्देशन दिए ।
बैंकले देशभरका १८८ ओटा शाखा, ३ ओटा विस्तारित काउण्टर, १४३ ओटा एटीएम, ६ ओटा कियोस्क सेवा र ९७ ओटा शाखारहित बैंकिङ्ग ईकाईहरूबाट करीब १६ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरू प्रदान गर्दै आएको जनाएको छ ।