काठमाडौं । सानिमा क्यापिटल लिमिटेडले खुलामुखी प्रकृतिको सानिमा फ्लेक्सी फण्ड सञ्चालन गर्ने भएको छ ।
सानिमा म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने यस योजनाका लागि रू. १ अर्ब बराबरको इकाई विक्री गर्न योजना व्यवस्थापक सानिमा क्यापिटलले नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ ।
कम्पनीले असार १७ गते प्रतिइकाई रू. १० अंकित मूल्यका १० करोड इकाई विक्रीका लागि बोर्डसँग अनुमति मागेको हो । इकाई विक्री प्रबन्धकको जिम्मेवारी समेत सानिमा क्यापिटल लिमिटेडले नै पूरा गर्नेछ ।
हाल धितोपत्र बोर्डमा सानिमा फ्लेक्सी फण्डसँगै अन्य ९ योजना सञ्चालनको अनुमतिको पर्खाइमा छन् ।