ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

चितवन र मकवानपुरका ४६८ घरधुरीलाई खाद्यान्न

२०८० असार, १९  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

चितवन । चितवनको माडी–९, बांँदरझुला र मकवानपुरको राक्सीराङ्ग गाउँपालिका–७ का चेपाङ्ग तथा विपन्न ४६८  घरधुरीलाई खाद्यान्न तथा पोषण सामग्री वितरण गरिएको छ । 

गैरसरकारी संस्था शान्ति मेड नेपालको आर्थिक सहयोग र लिटिल फ्लावर सोसाइटीको समन्वयमा आइतवार र मंगलवार गरी खाद्यान्न तथा पोषण सामग्री वितरण गरिएको हो । 

संस्थाको नियमित तालिका अनुसार सीमान्तकृत तथा विपन्न समुदायको दैनिक जीवन सहज गराउने उद्देश्यले खाद्यान्न तथा पोषण सामग्री वितरण गरिएको सोसाइटीका निर्देशक फादर विविन सिले जानकारी दिए । 

उनका अनुसार सो वडामा रहेका घरधुरीलाई एक बोरा चामल २ किलो दाल वितरण गर्नुका साथै चेपाङ्ग समुदायका बालबालिकाहरूलाई फलफूल, अण्डा, बिस्कुट, चकलेट लगायतका पोषण तथा खाजा वितरण गरिएको थियो । मंगलवार बाँदरझुलाका २२० र राक्सीराङ्गका २४८ परिवारलार्ई उक्त सामग्री वितरण गरिएको हो । 

वितरण कार्यक्रममा फादर सिरिल ज्याकब, गिजो गर्ग, सिबी एम, फादर रोवी क्यु, सोसाइटीका सचिव गोविन्द पौडेललगायत सहभागी थिए । 

माडीको वडा नम्बर ९ का वडाअध्यक्ष घनश्याम दवाडी र राक्सीराङ्ग वडा नम्बर ७ का वडाअध्यक्ष राम बहादुर प्रजाको संंयोजनमा उक्त सामग्री वितरण गरिएको हो । 

संस्थाले कोरोनाकालमा मात्रै चितवन, नवलपरासी र मकवानपुरमा गरी एक करोड बराबरको खाद्यान्न तथा शैक्षिक सामग्री वितरण गरेको निर्देशक विविनले जानकारी दिए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)