ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

प्रविधि उद्योगमा पनि देखियो एआईको असर, यही वर्ष २ लाखभन्दा बढीको गुम्यो जागिर

२०८० असार, २०  
विविध प्रविधि अन्तरराष्ट्रिय
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । कृत्रिम बौद्धिकता (एआई)ले जागिर खोस्छ भन्ने चिन्ता सबैमा छ । यसकै कारण कतिले जागिर पनि गुमाएका छन् । एआईको यो असर प्रविधि उद्योगमा देखिँदैन भन्ने आशा गरिएको थियो । तर, यसले आफ्नै सृजना गरेको उद्योगलाई पनि छोडेन । प्रविधि उद्योगमा एआईका कारण धमाधम कर्मचारी कटौती भइरहेका छन् ।

साना प्रविधि कम्पनीहरूले कर्मचारी कटौतीको कारण एआईलाई देखाइरहेका छन् । नयाँ कर्मचारी भर्नाबारे पनि कम्पनीहरूले पुनःविचार गर्न थालेका छन् । दुःखको कुरा के छ भने यस्ता कम्पनीहरूको संख्या बढिरहेको छ । सिलिकन भ्यालीमा आफ्नै घरआँगनमा विकास भएका उन्नत प्रविधिको प्रयोग व्यापक बन्दै गइरहेको छ ।

एआई रणनीतिको प्रयोग कस्ता हुन्छ भनेर हेर्न कम्पनीहरूले कर्मचारीहरू धमाधम निकाल्न थालेका छन् । आगामी वर्षमा एआईलाई काम लगाउन सकिने खालका काममा नयाँ कर्मचारी भर्ना रोक्ने आईबीएमका सीईओ अर्बिन्द कृष्णाले मेमा ब्लुमबर्गसँगको अन्तरवार्तामा भनेका थिए ।

अप्रिलको अन्त्यमा फाइल स्टोरेज सेवा प्रदायक ड्रपबक्सले पनि कार्यबलको १६ प्रतिशत अर्थात् करीब ५०० कर्मचारीलाई कामबाट निकाल्ने बताएका थिए । हालै आउटप्लेसमेन्ट कम्पनी च्यालेन्जर, ग्रे एन्ड क्रिसमसले झन्डै ४ हजार कर्मचारी कटौती गरेको थियो । यसको कारण एआई नै थिए । सिलिकन भ्यालीले एआई विकासमा अग्रणी भूमिका त खेलिरहेको छ नै यसको प्रभाव कस्तो हुन्छ, व्यवसायहरूले यसलाई कसरी अपनाउन सक्छन् भन्नेबारे उदाहरण पनि दिइरहेको छ ।

विगत केही महीनाभित्र एआईले विश्वमा धेरै जागिर खाइसकेको छ । तर, अहिले नै एआईले मानवीय कार्यबललाई पूरै विस्थापित गर्दैन । तर, विस्तार विस्तारै एआई टूल चलाउन जान्नेबाहेक अरुको काम खोसिने देखिन्छ । सन् २०२३ को आधा अवधिमा प्रविधि उद्योगबाट २ लाख १२ हजार २९४ ले जागिर गुमाएको Layoffs.fyi को तथ्यांकले देखाएको छ ।

यो अघिल्लो वर्षको भन्दा निकै धेरै हो । सन् २०२२ मा यस क्षेत्रबाट १ लाख ६४ हजार ७०९ ओटा रोजगारी कटौती भएको थियो । प्रविधि उद्योगमा एकातिर एआईका कारण जागिर गुमिरहेको छ भने अर्कोतिर खर्च कम गर्न पनि कम्पनीहरूबीच कर्मचारी कटौतीको होड चलेको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)