ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

आशा लघुवित्त र राष्ट्र उत्थान लघुवित्तले प्राप्तिका लागि राष्ट्र बैंकबाट पाए अन्तिम स्वीकृति

२०८० असार, २४  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गर्न नेपाल राष्ट्र बैंकबाट अन्तिम स्वीकृति पाएको छ ।

यसअघि गत जेठ २३ गते प्राप्तिका लागि सैद्धान्तिक सहमति प्रदान गरेको राष्ट्र बैंकले असार २२ गते अन्तिम स्वीकृति प्रदान गर्ने निर्णय गरेको हो ।

यी दुई कम्पनीहरूबीच गत चैत २९ गते प्राप्तिसम्बन्धी प्रारम्भिक सम्झौता पत्रमा हस्ताक्षर भएको थियो । यी दुई कम्पनीलाई एक हुन नेपाल धितोपत्र बोर्डले समेत असार ४ गते स्वीकृति प्रदान गरिसकेको छ । अब कम्पनीहरूलाई एकीकृत कारोबारको बाटो खुला गर्न कम्पनी रजिष्ट्रारको कार्यालयबाट समेत स्वीकृति लिनुपर्नेछ । 

नेपाल राष्ट्र बैंकले अन्तिम स्वीकृति प्रदान गरेको एक महिनाभित्र प्राप्ति प्रक्रिया पूरा गरी एकीकृत कारोबार शुरू गर्नुपर्नेछ । एकीकृत कारोबार आशा लघुवित्त वित्तीय संस्था लिमिटेडका नामबाट गर्ने गरी राष्ट्र बैंकले स्वीकृति प्रदान गरेको हो । प्राप्तिपछि केन्द्रीय कार्यालय, बनेपा नगरपालिका वडा नम्बर १३, काभ्रेपलाञ्चोकमा रहने जानकारी कम्पनीले दिएको छ ।

हाल आशा लघुवित्तको चुक्ता पूँजी रू. ३८ करोड १६ लाख १६ हजार छ भने राष्ट्र उत्थान लघुवित्तको चुक्ता पूँजी रू. २६ करोड छ । यी दुई कम्पनी समान हैसियतमा एक हुन लागेका हुन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)