ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

थप दुई जलविद्युुत कम्पनीलाई आईपीओ निष्कासनको अनुमति 

२०८० असार, २४  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । नेपाल धितोपत्र बोर्डले पछिल्लो समय थप दुई जलविद्युत कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिएको छ । बोर्डले असार २० गते चिर्खुवा हाइड्रोपावर लिमिटेड र माथिल्लो मैलुङखोला जलविद्युत लिमिटेडलाई शेयर निष्कासनको लागि अनुमति दिएको हो । 

चिर्खुवा हाइड्रोपावर लिमिटेडले रू. १२ करोड बराबरको १२ लाख कित्ता आईपीओ निकाष्सनका लागि बोर्डको अनुमति पाएको हो । हाल संस्थापक तर्फबाट ७० प्रतिशत शेयर स्वामित्व कायम गरेको यस कम्पनीले सर्वसाधारणमा ३० प्रतिशत आईपीओ विक्री गर्न अनुमति पाएको हो । संस्थापकतर्फ हाल कम्पनीको रू. २८ करोड चुक्ता पूँजी कायम रहेको छ । सर्वसाधारणमा समेत आईपीओ जारीपछि कम्पनीको चुक्ता पूँजी रू. ४० करोड कायम हुनेछ । 

यस कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा आरविवि मर्चेन्ट बैंकिंग लिमिटेड रहेको छ । कम्पनीले भोजपुरमा ४ दशमलव ७ मेगावाट क्षमताको अपर चिर्खुवा जलविद्युत आयोजना र भोजपुर जिल्लामै ४ दशमलव शून्य ६ मेगावाट क्षमताको लोअर चिर्खुवा जलविद्युत आयोजना निर्माण गरिरहेको छ । 

त्यस्तै बोर्डले माथिल्लो मैलुङखोला जलविद्युत लिमिटेडलाई रू. २५ करोड बराबरको २५ लाख कित्ता आईपीओ विक्री गर्न अनुमति दिएको छ । हाल संस्थापकतर्फ ७५ प्रतिशत स्वामित्व रहेको यस कम्पनीले सर्वसाधारणमा २५ प्रतिशत आईपीओ विक्री गर्न बोर्डको अनुमति पाएको हो । 

हाल कम्पनीको संस्थापकतर्फबाट चुक्ता भएको पूँजी रू. ७५ करोड छ । सर्वसाधारणमा समेत आईपीओ बाँडफाँटपछि चुक्ता पूँजी रू. १ अर्ब पुग्नेछ । कम्पनीको शेयर निष्कासनको तथा विक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ । यस कम्पनीले रसुवामा १४ दशमलव ३ मेगावाट क्षमताको माथिल्लो मैलुङखोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)