ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सिटीजन्स बैंकद्वारा सौराहा चोकमा खानेपानीको धारा जडान 

२०८० असार, २७  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

चितवन । सिटीजन्स बैंक इन्टरनेशनल लिमिटेडले रत्ननगरको सौराहा चोकमा खानेपानीको सार्वजनिक धारा जडान गरेको छ । 

बैंकले रत्ननगर खानेपानी तथा उपभोक्ता संस्थालाई फिल्टर सहितको खानेपानीको धारा आज हस्तान्तरण गरेको हो । बैंकको रत्ननगर शाखा प्रमुख मधु खनालले रत्ननगर खानेपानीका अध्यक्ष माधवप्रसाद अर्याललाई खानेपानीको धारा हस्तान्तरण गरेका थिए ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत स्थानीय जनता, बजारमा किनमेल गर्न आउने नागरिक तथा यात्रीहरूलाई स्वच्छ पिउने पानी उपलब्ध गराउने उद्देश्यले फिल्टर सहयोग गरेको शाखा प्रमुख खनालले बताए ।

उनले महिलालाई लक्षित गरेर साउनको हरेक सोमबार बैंकले नयाँ खाता खोल्ने महिलालाई उपहारको व्यवस्था गरेको समेत जानकारी दिए । रत्ननगर खानेपानीका अध्यक्ष अर्यालले भानु चोक, निपनी चोक, बकुलहर चोक, सौराहा चोक, टाँडी चोक र बेल्सी चोकमा सार्वजनिक धारा सञ्चालनमा रहेको जानकारी दिए ।

यसअघि लुम्बिनी बैंकले रत्ननगरको टाँडी चोकमा धारा जडानका लागि लगानी गरेको थियो । रत्ननगरमा रहेको २ ओटा धारा बैंकले लगानी गरेको र बाँकी चारओटा धारा संस्थाकै लगानीमा सञ्चालनमा ल्याइएको खानेपानीका सचिव प्रताप डल्लाकोटीले जानकारी दिए । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)