चितवन । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको नारायणगढ शाखाले गलेश्वर आश्रम देवघाटधामलाई रकम हस्तान्तरण गरेको छ ।
तनहुँको देवघाटस्थित संस्कृत गुरुकुलमार्फत देशभरिका विद्यार्थीहरूलाई निःशुल्क संस्कृत शिक्षा प्रदान गर्दै आएको गलेश्वर आश्रम, देवघाटधामलाई सिटिजन्स बैंकले दुई चरणमा गरि जम्मा ५ लाख रकम हस्तान्तरण गरेको हो ।
संस्कृत गुरुकुल भवन निर्माणको सहयोगका लागि यसअघि बैंकले रु. ३ लाख रकम प्रदान गरेकोमा हाल भवन निर्माणको निरीक्षणपश्चात बाँकी रु. २ लाख उपलब्ध गराएको हो ।
गुरुकुल शिक्षामार्फत संस्कृतिको जगेर्नामा महत्त्वपूर्ण योगदान पुर्याउँदै निःशुल्क संस्कृत शिक्षा प्रदान गर्दै आएको संस्थालाई बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गरेको हो ।