काठमाडौं । बर्जर रंगोत्सव उपभोक्ता अफरको विजेताहरूको घोषणा गरिएको छ । बर्जर पेन्ट्सले २०७९ भदौ १ देखि मंसिर १० गतेसम्म दशैं–तिहार र फिफा विश्वकप २०२२ को अवसरमा सञ्चालन गरेको उक्त अफरको विजेताहरूको घोषणा गरिएको हो ।
उक्त अफरअन्तर्गत बर्जर पेन्ट्सका १५० भन्दा बढी ग्राहकहरूले नगद र अन्य पुरस्कार जितेका छन् ।
लक्की ड्रमार्फत इटहरीका रुपेश ढुंगानाले सोनीको ७५ इन्चको एलईडी टीभीको बम्पर पुरस्कार जितेका छन् । साथै बुटवलका भूपनारायण पौडेल र वीरगन्जका शिवकुमार नन्दवालले सामसङको ३४५ लिटरको रेफ्रिजेरेटर पुरस्कार पाएका छन् ।
यस्तै, १० जनाले सामसङको ७.२ केजीको वासिङ मेसिङ, २० जनाले सामसङ ए०३७ मोबाइल फोन र ७५ जनाले एक्फिट स्मार्ट वाच पुरस्कार पाएका छन् ।
डिजिटल प्रतियोगिताका विजेताहरूको पूर्ण सूची बर्जर पेन्ट्स नेपालको आधिकारिक फेसबुक पेजमा रहेको कम्पनीले जानकारी दिएको छ ।