काठमाडौं । नेपाली बजारमा बुधवार (आज) सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले बढेको छ । अघिल्लो दिन सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख १३ हजार १०० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन सुन प्रतितोला १ लाख १२ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलाको १ हजार ४९० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदी तोलाको १ हजार ४८० रुपैयाँमा कारोबार भएको थियो ।