ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

डेढ महीनापछि सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, कति पुग्यो तोलाको ?

२०८० साउन, ४  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । नेपाली बजारमा बिहीवार (आज) सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ६०० रुपैयाँ बढेर १ लाख १३ हजार ५०० रुपैयाँ कायम भएको छ । यो अहिलेसम्मकै उच्च हो ।

यसअघि गत जेठ १८ मा सुनको मूल्य सर्वाधिक कायम भएको थियो । उक्त दिन सुन प्रतितोला १ लाख १३ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । त्यसको करीब डेढ महीनापछि आज सुनको भाउमा रेकर्ड कायम भएको हो । बुधवार भने सुन प्रतितोला १ लाख १३ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । 

आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलाको ५ रुपैयाँले बढेर १ हजार ४९५ रुपैयाँ कायम भएको छ । चाँदीको यो मूल्य पनि अहिलेसम्मकै उच्च हो । अघिल्लो दिन चाँदी तोलाको १ हजार ४९० रुपैयाँमा कारोबार भएको थियो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)