ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

यो साता सुन बजार : मूल्यमा नयाँ रेकर्ड, तोलामा ६०० रुपैयाँ बढ्यो

२०८० साउन, ५  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । यो साता सुनको मूल्यमा उतारचढाव देखिएको छ । साताको पहिलो दिन घटेको सुनको भाउ सोमवार स्थिर रहेको थियो । मंगलवारयता उकालो लागेको सुनको मूल्यले पाँचौं दिनमा भने नयाँ रेकर्ड राखेको थियो । उक्त दिन सुनको भाउ १ लाख १३ हजार ६०० रुपैयाँ तोकिएको थियो । त्यसअघि गत जेठ १८ गते सुनको भाउ अहिलेसम्मकै सर्वाधिक कायम भएको थियो । उक्त दिन सुन तोलामा १ लाख १३ हजार ३०० रुपैयाँमा काराेबार भएको थियो ।

साताको पाँचौं दिन नयाँ रेकर्ड राखेको सुनको मूल्य साताको छैटौं दिन (शुक्रवार) भने घटेको थियो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतवार सुनको मूल्य तोलामा ३०० रुपैयाँ घटेर १ लाख १२ हजार २०० रुपैयाँ कायम भएको थियो । सुनको मूल्य सोमबार स्थिर रहँदा मंगलवार ३०० रुपैयाँ बढेर १ लाख १२ हजार ५०० रुपैयाँमा खरीदविक्री भएको थियो । बुधवार तोलामा ६०० रुपैयाँ बढेर सुनको भाउ १ लाख १३ हजार १०० रुपैयाँ पुगेको थियो । 

शुक्रवार भने सुनको भाउ ८०० रुपैयाँ घटेर १ लाख १२ हजार ८०० रुपैयाँ कायम भएको छ । अर्थात् साताको पहिलो दिनको तुलनामा सुनको भाउ तोलामा ६०० रुपैयाँ बढेको छ । 

शुक्रवार सुनसँगै चाँदीको भाउ पनि घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन चाँदीको तोलामा १५ रुपैयाँ घटेर १ हजार ४८० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदीको भाउ तोलाको १ हजार ४९५ रुपैयाँ थियो । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)