काठमाडौं । नेपाली बजारमा बुधवार (आज) सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढेको छ । अघिल्लो दिन सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको थियो । पछिल्लो दुई दिनमा सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख १२ हजार ७०० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन सुन प्रतितोला १ लाख १२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलाको १० रुपैयाँले बढेर १ हजार ४६५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदी तोलाको १ हजार ४५५ रुपैयाँमा कारोबार भएको थियो ।